प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
भदौ २०८०
नवनिर्मित प्रहरी चौकी पदमपोखरी, मकवानपुरको भवन समुद्घाटन
२०८०-०५-२९

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी पदमपोखरी, मकवानपुरको भौतिक संरचना समुद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । बागमती प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मोक्तानज्यू,  मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुर्य प्रसाद सेढाईज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव श्री दिपक प्रसाद न्यौपानेज्यू जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्री सीताराम रिजालज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानिय व्यक्तित्वहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-२८

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१०, भुटनदेवी मोड स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले पैदल यात्री सोहि ५ पिप्ले बस्ने वर्ष अन्दाजी ३१ को दिपेन्द्र सुनार र बागमती गाउँपालिका-६, फापरबारी बस्ने वर्ष अन्दाजी २१ की रुपा बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्ने क्रममा दिपेन्द्र सुनारको साथबाट १२ ग्राम ३४० मिलिग्राम र रुपा बिश्वकर्माको साथबाट ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेकोथियो । निजहरूलाई लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-२७

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१५, रातोमाटे स्थित पूर्व-पश्चिम सडक खण्डमा हेटौंडा तर्फ बाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज ३६७७  नं.को सुमोमा लागुऔषध गाँजा ओसार पसार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त सुमो लाई रोकी चेकजाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको ४ पोका लागुऔषध गाँजा (अन्दाजी ३० किलो) फेला  परेको थियो । सुमो चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-२४, बस्ने वर्ष अन्दाजी ३३ को संगम गुरुङ र सुमोमा सवार जिल्ला बारा कबहिगोठ गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी १५ को दिपेश यादवलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रहरी सेवामा रहेका कुकुरहरू ( K-9) सेवा निवृत्त “9 years of service, Today We retired”
२०८०-०५-२७

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको  SHERE तथा  German shepherd जातका TIGER  र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त भएका छन् ।  जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १२०० पटक लागू औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७०० पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो ।

भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम
२०८०-०५-२५

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा प्रदेश तथा जिल्ला स्तरीय पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारी तथा कर्मचारीहरूसंग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, बागमती प्रदेश कार्य समितिका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्रीज्यू, मकवानपुर जिल्ला कार्य समितिका अध्यक्ष लगायत पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारीज्यू, अन्य दर्जाका बहाल तथा पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश कार्य समितिका पदाधिकारी तथा पूर्व प्रहरी कर्मचारीहरूले राख्नु भएको गुनासो तथा सुझावहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूले सम्वोधन गर्नु भई आगामी दिनमा बहालवाला प्रहरी कर्मचारी तथा पूर्व प्रहरी कर्मचारीहरूको निरन्तर समन्वय, सहयोग तथा पूर्व प्रहरी कर्मचारीहरूको अवकाश प्राप्त जीवन सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो । 

नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको भवन समुद्‍घाटन
२०८०-०५-२३

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरु,  सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मी, स्थानिय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विभिन्न निकायका व्यक्तित्वहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-१७

चितवन भरतपुर महानगरपालिका-२५, बस्ने वर्ष २६ को प्रदिप सुबेदी आफ्नै घरमा आँफू सुत्ने कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीको पासो लगाई मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन भरतपुर महानगरपालिका-२०, नयाँ बजार स्थित बस्ने वर्ष ५६ को रेशम बहादुर बि.क.आफ्नै घर पछाडि रहेको शौचालयमा सलको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । चितवन कालिका नगरपालिका-१० छेर्वाङ बस्ने वर्ष ४७ को मेघनाथ चेपाङ आफ्नै घर नजिक रहेको बुढीधाईरोको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-१६

नुवाकोट बिदुर नगरपालिका-३, देबिघाट स्थित बस्ने कुमार पौडेलको छोरा अन्दाजी वर्ष १८ को कोशिष पौडेल आफ्नै घरको कोठाको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । रसुवा नौकुण्ड गाउँपालिका-६, बेताङ बस्ने आईत तितुङको छोरी अन्दाजी वर्ष १८ कीनिङमार तितुङ कालिका गाउँपालिका-२ स्थित रहेको निमा मण्डली चर्चको भवनमा बस्दै आएकी आफ्नै कोठा भित्र फलामको दलिनमा सलको पासो लगाई  झुण्डिएको अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०५-१६

रसुवा गोसाईकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलमा ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोली, सशस्‍त्र प्रहरी ,रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले चीनबाट नेपाल तर्फ आउँदै गरेको  जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-३ बस्ने वर्ष ४१ की पाछेमु तामाङ (गुरुङ)लाई चेकजाँच गर्ने क्रममा निजको देब्रे खुट्टाको जुत्ता भित्र लुकाई छिपाई ल्याएको ४ टुक्रा पारेको ल्याएको लाकोरूवेशी रसुवाबाट नियमितअन्दाजी १ के.जि. सुन जस्तो  देखिने पहेलो धातु फेला पारी निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-१५

रसुवा कालिका गाउँपालिका-२, दमाई डाँडा बस्ने चेत बहादुर दमाईको छोरा वर्ष १९ को सुनिल भुषाल आफु सुत्ने कोठाको दलिनमा गलबन्दीको पासो लागई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१, धारापानी बस्ने वर्ष अन्दाजी ६२ को कृष्ण बहादुर पहरी आफ्नो घरदेखी अन्दाजी १ कि.मि. पश्चिममा रहेको टुकुलुके सामुदायिक बनमा चिलाउनेको रुखको हाँगोमा नाम्लो सहितको प्लास्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-१४

मकवानपुर राक्सिराङ गाउँपालिका-३, दमार स्थित प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलिले पैदल यात्री जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने वर्ष अन्दाजी ३८ को टेक बहादुर तामाङलाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी १०kg फेला पारी निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर मनहरी गाउँपालिका-६, खयरघारी स्थित प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलिले ना३२प २९५५ नम्बरको मोटरसाइकल चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने वर्ष अन्दाजी २९ को सन्त लाल लामालाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा २ kg र नगद रु. ५९,०००।–(अक्षरुपी उनान्साठी हजार मात्र)फेला पारी निजलाई उक्त लागुऔषध गाँजा, नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-११

रामेछाप लिखुतामाकोसी गाउँपालिका-१, दुरागाऊ स्थित बस्ने प्रेम बहादुर सुनुवारको छारा अन्दाजी वर्ष २८ को आसिष सुनुवार मिति २०८०/०५/१० खाना खाइ सुत्न गएकोमा मिति २०८०/०५/११ गते बिहान छोरा किन उठेन भनि आमाले बोलाउदा नबोलेको र ढोका नखोलेकोले गाउका दाजुभाई आइ ढोका फोडी हेर्दा आफ्नै घरको आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ ज्वालामुखी गाउँपालिका-१, द्वारेथोक स्थित बस्ने मंगले सार्कीको छोरा मानसिक सन्तुलन ठिक नभएको वर्ष ३३ को मिलन नेपालीले सोही स्थानमा बस्ने काले सार्कीको घर अगाडिको कुटमेराको रुखमा बाबियोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको चेकिङ टोलीले गाईघाट बाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ९८२३ नं.को यात्रु बाहक बस लाई   रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सप्तरी राजबिराज घर बताउने वर्ष अन्दाजी २४ को मोहम्मद सोनु खान लाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको प्लास्टिकको झोला भित्र लागुऔषध नाईट्राजेपाम १५२ पिस, ट्रामाडोल–५ पिस, लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्र.ब.ना.निको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायघाट बाट बिरगंज तर्फ जाँदै गरेको बा.प्र.०३ -००१ ख २७५८नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा बहुद्रामाई नगरपालिका-६, गमरीया बस्ने वर्ष अन्दाजी ४७ को हिरालाल शाह र जिल्ला बारा बस्तिपुर बस्ने वर्ष अन्दाजी ४८ को धुरन साहलाई शंका लागी चेकजाँच  गर्दा निजले  बोकेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला परेको थियो । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

नवनिर्मित प्रहरी चौकी ठुलोदमार, मकवनापुरको भवन समुद्‍घाटन
२०८०-०५-०६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ठुलोदमार मकवानपुरको भौतिक संरचना समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्य मन्त्री माननिय श्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन गरिएको हो । उक्त समुद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रीमान् मन्त्रीज्यूले प्रदेश प्रहरीको भौतिक पुर्वाधारहरुको विकास लगायत प्रहरीको क्षमताहरुको अभिवृद्दिको लागि प्रदेश मन्त्रालयहरुबाट निरन्तर सहयोग भैरहने कुरा बताउनु भयो । यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश सरकारबाट भएको सहयोगलाई हार्दिक कृतज्ञता जाहेर गर्नु भई आगामी दिनहरुमा समेत यस्तै किसिमको सहयोग र साथको निरन्तर अपेक्षा राख्नु भएको थियो । श्रीमान प्रदेश सरकारका माननीय मुख्य मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठज्यू, बागमती प्रदेश सांसद माननीय श्री प्रेम बहादुर पुलामीज्यू, प्रमुख सचिव श्रीमान घनश्याम उपाध्यायज्यू, नगरप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।  

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-०५

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्क स्थित हेटौंडाबाट जनकपुर तर्फ जादै गरेको ना ५ ख २१६५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बस सवार जिल्ला धनुषा सागरनाथ नगरपालिका-८ बस्ने वर्ष ४३ को देब नारायण दास र जिल्ला सिराहा कर्जनहा नगरपालिका-८ बस्ने वर्ष ४२ को राम सागर साहले बोकेको पछाडी भिर्ने कपडाको कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ९ के.जी. फेला पारी निज दुबैलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०८०-०५-०४

आज यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समापन समारोह कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूको प्रमुख अतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीज्यू, प्रहरी उपरीक्षकज्यू, प्रहरी नायव उपरीक्षकज्यू समेतको उपस्थिति रहेको थियो । २ दिन सम्म संचालन भएको अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय र मातहत जिल्लाहरुबाट प्रहरी अधिकृत तथा जवानहरु समेत ३० जनाको सहभागिता रहेको थियो । 

प्रतिबन्धित औषधी सहित मानिस पक्राउ
२०८०-०५-०४

चितवन राप्ती नगरपालिका-१ लोथर स्थित अस्थाई प्रहरी पोष्ट लोथर चितवनबाट खटिएको चेकिङ टोलिले चेक पोष्टमा बिरगञ्जबाट चितवन तर्फ आउदै गरको ग ५ प ६६८ नम्बरको मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको विभिन्न भागहरुमा तथा झोलामा समेत गरी (१२) वटा प्लाष्टिकको पोकामा लुकाई छिपाई ल्याएको प्रतिबन्धित औषधी नुरफिन २२५एम्पुल, फेनार्गन २२५एम्पुल, डाईजेपाम २२५एम्पुल गरी जम्मा ६७५ एम्पुल फेला परेको थियो । मोटरसाईकल चालक जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका-२ बस्ने वर्ष २५ को अजय थारू र पछाडि सवार वर्ष २९ को अम्रेश राय थारू रहेको छ । उक्त औषधी सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झण्डी मृत अवस्थामा फेला
२०८०-०५-०३

चितवन भरतपुर महानगरपालिका-१०, हाकिमचोक स्थित जिल्ला लम्जुङ सुन्दरबजार नगरपालाका-४ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१०, हाकिमचोक डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को नविन खनिया आफु सुत्ने कोठाको सिलिङ पंखामा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट लिखू गाउँपालिका-१, घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा नगरपालिका-१३ भैंसेपाटी स्थित डेरा गरी बस्ने बलराम खड्काको छोरा वर्ष १४ को विशाल खड्का आफै सुत्ने कोठाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डषी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध सामान नियन्त्रणमा
२०८०-०५-०३

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पूर्व-पश्विम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०३-००१ ख२४७३ नम्बरको यात्रु वाहक बसहरुलाई रोकी चेक जाँच गर्ने क्रममा यात्रु बस्ने सिटबाट काजु अन्दाजी ६२ के.जि., रजनी गन्ध-१५ वटा सानो डब्बा, तुलसी सुर्ती-३ झोला (अन्दाजी ३/४ के.जी.) यस्तै बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख२४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर-२ काटुन, फ्रेस क्रिम-१काटुन, अमुल घिउ-२ काटुन र बिरगंजबाट काठमाडौं तर्फ आउदै गरेको ना७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस-१ काटुन भित्र सानो काटुन-२२ वटा, जुता-२५ थान गरी जम्मा अन्दाजी मुल्य रु.५,२७,००० बराबरको अवैध सामान फेला पारी नियन्त्रणमा लिईएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०५-०२

रसुवा गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रूवेशी स्थितमा प्रहरी चौकी स्याफ्रूवेशी, रसुवाबाट नियमित चेकप्वईन्टमा खटिएको चेकिङ टोलीले टिमुरेबाट स्याफ्रूवेशी तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५, पोखरी बस्ने वर्ष २४ को सुदिप शेर्पालाई रोकी चेकजाँच गर्ने क्रममा निजले लगाएको कालो रंगको चेष्टगार्डको भित्री खल्तीमा अन्दाजी २ KG सुनको जस्तो  देखिने पहेलो धातु METALOR 1 Kilo Gold 999.9 ISO 24018 लेखिएको बिस्कुट आकारको थान –२(अन्दाजी मुल्य रु. १,८९,३०,०००।- बराबरको) लुकाई छिपाई ल्याएको अल्याएको लाकोरूवेशी रसुवाबाट नियमितवस्थामा फेला परेको हुँदा निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई राखिएको थियो । अनुसन्धानको क्रममा उल्लेखित सुदिप शेर्पालाई सोधपुछ गर्दा निजको भिनाजु नाता पर्ने जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका बर्ष ३०को फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएकोले निज फुस्याङबु शेर्पालाई जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई  थप अनुसन्धान कार्य भई रहेको छ ।  

अधिक लोड >>
कम देखाउनुहोस् <<